गृह पृष्ठ

परिचय

देशमा व्याप्त गरिवीको कारण बढ्दै गएको सीप युक्तलाई उपयुक्त सीप युक्त बनाई स्वरोजगार र बैदेशिक रोजगारको अवसर श्रृजना गरी निरपेक्ष गरिबीको रेखामुनि रहेको जनताको जीवनस्तर उठाउने र गरिवी प्रतिशत घटाउनको लागि आ ।व ।२०३९ सालमा श्रम आपूर्ति केन्द्रको नामले स्थापना भएको हालको व्यावसायिक तथा सीप विकास तालिम केन्द्र धनगढी, कैलाली सेती अंचलका ५ वटै जिल्लामा वेरोजगार कोरा श्रम शक्तिलाई स्थापना काल देखि हाल सम्म विभिन्न सीप मूलक तालिम दिदै आएको छ । यस व्यावसायिक तथा सीप विकास तालिम केन्द्रले स्थापनाको सुरुका वर्ष ६ महिने केही सिमित तालिम संचालन गर्दै आएता पनि हाल आएर नियमित ६ महिने तालिममा मोटरसाइकल मर्मत, विद्युत जडान, इलेक्ट्रोनिक्स तथा मोवाईल मर्मत, कटाई सिलाई, केश श्रृंगार, वेल्डीङ्ग र प्लम्विङ्ग तालिमहरु संचालन भइरहेका छन् ।
समय अनुसार तालिमहरुको माग र वैदेशिक रोजगार तर्फ युवाहरुको आकर्षणले गर्दा युवा स्वरोजगार सम्वन्धी विशेष सीप विकास तालिमहरु समेत संचालन हुंदै आइ रहेका छन् ।
आर्थिक रुपले कमजोर विपन्न महिला तथा पुरुषहरुलाई सीप विकास तालिम प्रदान गर्ने, यस केन्द्रले सेती अंचलका बाजुरा, बझाङ्ग, अछाम, डोटी र कैलाली जिल्लालाई समेटेर तालिम प्रदान गर्दै आईरहेको छ । देश संघियतामा गएसंगै यो तालिम केन्द्र पनि प्रदेश सरकार, सुदूरपश्चिम प्रदेश, सामाजिक बिकास मन्त्रालय अन्तरगत संचालन हुंदै आईरहेको छ ।

सुचना / प्रेस विज्ञप्ति