नागरिक वडापत्र

यस केन्द्रबाट प्रदान गरीने सेवाहरु

क्र. सं. तालिम कार्यक्रमहरु आवश्यक शैक्षिक योग्यता विज्ञापन गरिने समय छनौट प्रक्रिया तालिम प्रारम्भसमापन कार्यक्रम प्रदान गरिने सेवा सुविधाहरु तालिम संचालन हुने स्थान
६ महिने तालिम कार्यक्रमहरु प्रथम सत्रको लागी अषाढमा र दोस्रो सत्रको लागी पुसमा सूचना प्रकाशित गरिने छ । आवश्यकता अनुसार अन्तरवार्ता प्रकृयाबाट छनौट गरी यस केन्द्रको निर्णय बमोजिम हुनेछ । ६ महिना तालिमको लागी ७३० कार्य घण्टा गरी बार्षिक प्रथम र दोश्रो गरी २ सत्रमा संचालन गरिने –सम्पूर्ण तालिम कार्यक्रमहरु निःशुल्क संचालन हुने ।
– तालिम सामग्री एवं उपकरणहरु तालिम केन्द्रबाटै उपलब्ध हुने।
केन्द्रको भवन तथा स्थानिय तहको सिफारिसमा गै.स.स. हरु संग सम्झौता भए बमोजिमका स्थानहरुमा
• मोटर साईकल मर्मत ८ कक्षा उत्तिर्ण
• कटाई सिलाई ८ कक्षा उत्तिर्ण
• केश श्रृंगार ८ कक्षा उत्तिर्ण
• विद्युत जडान ८ कक्षा उत्तिर्ण
• प्लम्बिङ्ग ८ कक्षा उत्तिर्ण
• ईलेक्ट्रोनिक्स तथा मोवाईल मर्मत १० कक्षा उत्तिर्ण
अभिबृद्धि (अपग्रेड) डेढ महिने तालिमः– केश श्रृंगार सम्वन्धी बेशीक तालिम लिएकालाई कार्यालयको सूचनामा तोकेअनुसार तालिम संचालन गर्न सकिने छ ।
आवेदन दिदा आवश्यक पर्ने उमेर:– उमेर १६ वर्ष पुरा भई ५० वर्ष ननाघेको साथै पाठ्यक्रममा निर्धारण भए बमोजिम हनेछ ।
आवेदन दिदा, आवेदनसाथ संलग्न हुनु पर्ने आवश्यक कागज पत्रहरु:– नेपाली नागरिकताको प्रमाण–पत्र र सम्बन्धित तालिमको लागि माथि उल्लिखित भए बमोजिमको शैक्षिक योग्यताको प्रमाण–पत्रहरुको प्रतिलिपीको एकएक प्रति यस केन्द्रबाट उपलब्ध गराईने आवेदन फारममा रु. १०।- को टिकट टाँसी संलग्न राख्नु पर्ने छ ।
छनौट भएका प्रशिक्षार्थिहरुले सूचनामा उल्लेख भए बमोजिमको पासपोर्ट साईजको २ प्रति फोटो पेश गरी भर्ना लिई सक्नु पर्ने छ । प्रचलित ऐन र प्रदेश सरकारको निति निर्देशन अनुसार तालिम अवधि भर अनुशासनमा नरहने प्रशिक्षार्थिहरुलाई कुनै पनि समय तालिमबाट हटाउन सकिने छ ।
तालिम संचालन गर्न ईच्छुक स्थानिय निकाय एवं गै.स.स. हरुले प्रथम र दोश्रो समूहमा संचालन गरिने तालिमका लागि व्यावसायिक तथा सीप विकास तालिम केन्द्र धनगढी कैलालीको सूचना अनुसार नियमानुसारको प्रस्ताव पेश गर्नु पर्ने छ ।
युवा स्वरोजगार तालिम ३ महिने (३९० कार्य घण्टा):– स्थानिय श्रम बजारबाट माग भए अनुसारका तालिमहरु सेती अञ्चलका ५ वटै जिल्लामा संचालन गरिने छ ।
अल्पकालिन तालिमहरु ४५ दिने (२२५ कार्य घण्टा):– परम्परागत सीप र पेशामा हाधारित सीप मुलक तालिमहरु माग र आवश्यकताका आधारमा सेती अञ्चलका ५ वटै जिल्लामा संचालन छ ।
युवा स्वरोजगार तालिम र अल्पकालिन तालिम संचालनका लागि आर्थिक बर्षको प्रथम/दोश्रो चौमासिकमा १५ दिनको सूचना प्रकाशित गरिने छ । उक्त तालिमहरु स्थानिय तहको सहभागितामा केन्द्र आफैले संचालन गर्ने छ । स्थानिय तहको सिफारिसमा विभिन्न गै.स.स.हरु संगको साझेदारीमा तालिम संचालन गर्न सकिने छ ।
१० युवा स्वरोजगार तथा अल्पकालिन तालिमहरु संचालन गर्न ईच्छुक स्थानिय तह एवं स्थानिय तहको सिफारिसका आधारमा गै.स.स.हरुको व्यवसायिक तथा सीप विकास तालिम केन्द्रबाट उपलब्ध हुने प्रस्ताब फारम भरी पेश गर्नु पर्ने छ ।
११ कुनै गुनासो वा उजुरी भए यस केन्द्रको नोडल अफिसर (गुनासो सुन्ने अधिकारी) संग सम्पर्क गर्न सकिने छ । गुनासो उजुरी वा अन्य समस्याको अन्तिम सुनुवाई तथा निर्णय केन्द्र प्रमुखबाट हुने छ ।
१२ कार्यालय संग सम्बन्धित कुनै कुरा बुझ्नु पर्ने वा सोधपुछ गर्नु पर्ने भएमा सूचना अधिकारी मार्फत बुझ्न सकिने छ । सूचना अधिकारी: प्रकाश बहादुर बोहरा (क्षेत्री) फोन: ९८४८४२१६८२
१३ व्यावसायिक तथा सीप विकास तालिम केन्द्र भवन तारानगर धनगढी ५, कैलाली फोन नं: ०९१–५२११५४