परिचय

एतिहासिक पृष्टभुमि

देशमा व्याप्त गरिवीको कारण बढ्दै गएको सीप युक्तलाई उपयुक्त सीप युक्त बनाई स्वरोजगार र बैदेशिक रोजगारको अवसर श्रृजना गरी निरपेक्ष गरिबीको रेखामुनि रहेको जनताको जीवनस्तर उठाउने र गरिवी प्रतिशत घटाउनको लागि आ ।व ।२०३९ सालमा श्रम आपूर्ति केन्द्रको नामले स्थापना भएको हालको व्यावसायिक तथा सीप विकास तालिम केन्द्र धनगढी, कैलाली सेती अंचलका ५ वटै जिल्लामा वेरोजगार कोरा श्रम शक्तिलाई स्थापना काल देखि हाल सम्म विभिन्न सीप मूलक तालिम दिदै आएको छ । यस व्यावसायिक तथा सीप विकास तालिम केन्द्रले स्थापनाको सुरुका वर्ष ६ महिने केही सिमित तालिम संचालन गर्दै आएता पनि हाल आएर नियमित ६ महिने तालिममा मोटरसाइकल मर्मत, विद्युत जडान, इलेक्ट्रोनिक्स तथा मोवाईल मर्मत, कटाई सिलाई, केश श्रृंगार, वेल्डीङ्ग र प्लम्विङ्ग तालिमहरु संचालन भइरहेका छन् ।
समय अनुसार तालिमहरुको माग र वैदेशिक रोजगार तर्फ युवाहरुको आकर्षणले गर्दा युवा स्वरोजगार सम्वन्धी विशेष सीप विकास तालिमहरु समेत संचालन हुंदै आइ रहेका छन् ।
आर्थिक रुपले कमजोर विपन्न महिला तथा पुरुषहरुलाई सीप विकास तालिम प्रदान गर्ने, यस केन्द्रले सेती अंचलका बाजुरा, बझाङ्ग, अछाम, डोटी र कैलाली जिल्लालाई समेटेर तालिम प्रदान गर्दै आईरहेको छ । देश संघियतामा गएसंगै यो तालिम केन्द्र पनि प्रदेश सरकार, सुदूरपश्चिम प्रदेश, सामाजिक बिकास मन्त्रालय अन्तरगत संचालन हुंदै आईरहेको छ ।

दिर्धकालीन सोच

सीप मूलक तालिम संचालन गरी सीप युक्त जनशक्ति तयार गर्नुको साथै स्वरोजगार एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय श्रम बजारको माग अनुसार व्यवासायिक तथा सीप मूलक विभिन्न बिषयमा तालिम प्रदान गरि देश भित्र रहेका वेरोजगार युवा जनशक्तिलाई रोजगारीको लागि सक्षम बनाई आय आर्जनको दायरालाई फराकिलो पारी यस क्षेत्रको आर्थिक र सामाजिक विकासको माध्यमबाट गरिवी निवारणको लागि सहयोग पुर्‍याउने ।

लक्ष्य

सेती अंचलका ५ वटै जिल्लामा छरिएर रहेका बेरोजगार कोरा श्रम शक्तीलाई विभिन्न प्रकारका सीप मूलक तालिमहरु दिई दक्ष जनशक्ती तयार पार्ने ।

उद्देश्य

  • आर्थिक रुपमा कमजोर महिला तथा पुरुषलाई सीप विकास तालिम प्रदान गरी कृषिमा मात्र आधारित कोरा श्रम शक्तिलाई बैकल्पिक पेशामा स्थापित गरि स्वरोजगारका लागि सीपयुक्त श्रम शक्ति उत्पादन गर्ने ।
  • तालिमलाई प्रभावकारी रुपमा संचालन गर्न तथा जनताका घर आंगनमा सेवा पु¥याउने उद्देश्यले स्थानीय निकायहरु संग समन्वय र साझेदारी रुपमा कार्यक्रम संचालन गर्ने ।
  • देशको श्रम बजारमा बढदै गएको बिदेशी श्रमिकको हस्तक्षेपलाई उनीहरु कार्यरत क्षेत्रमा नेपालीलाई तालिम दिई श्रम बजार मा सीप युक्त नेपाली श्रमिकहरुको पहुँच बढाउने ।
  • दलित, सिमान्तकृत वर्ग, मुक्त कमैया, उत्पीडित, द्वन्दपीडित, आदिवाशी जनजाती तथा अति पिछडिएको बर्गलाई तालिममा समावेश गरि उनीहरुको जीवन स्तर उठाउन सहयोग पु¥याउने ।

भविष्यको कार्यदिशा

  • तालिम कार्यक्रम, पाठ्य सामग्री समयानुकुल परिमार्जन गर्दै श्रम बजारको माग अनुसार दक्ष जनशक्ती उत्पादन गर्ने साथै प्रशिक्षकको सीप अभिवृद्धी तर्फ ध्यान दिईने छ ।
  • तालिम संचालन गर्दा तालिम कक्ष लगायत प्रयोगात्मक कक्षहरुमा आधुनिक प्रविधिका औजारहरु प्रयोग गरी सकभर आफ्नो तालिम भवन निमार्ण गरी श्रव्य द्रव्य र अन्य पक्रिया अवलम्वन गरी क्रेडिट आवरका आधारमा कक्षा संचालन गरी प्रशिक्षार्थीलाई प्रशिक्षण गराईने छ।
  • तालिम प्राप्त गरेका प्रशिक्षार्थीहरुले रोजगारी पाएको/नपाएको वारे अनुगमन गरी रोजगारीका लागी विशेष पहल गर्ने व्यवस्था गर्ने ।
  • तालिम केन्द्रका कर्मचारीहरुको मनोवल उच्च राख्ने खाले कार्य योजना बनाईने छ ।

प्राथमिकता दिनुपर्ने कार्यहरु

  • स्थानिय तथा राष्ट्रिय/अन्तराष्ट्रिय श्रम बजारको माग अनुसार तालिम संचालन गर्नुपर्ने ।
  • दुर्गम क्षेत्र तथा पिछडिएका दलित, जनजाति र अन्य गरिविको रेखामुनी रहेका बेरोजगार व्यक्तिहरुलाई आवासीय तालिम संचालन गर्नुपर्ने ।
  • व्यावसायिक सीप मूलक तालिमहरु संचालन गर्दा संख्यात्मक भन्दा गुणात्मक कुरामा ध्यान दिई संचालन गर्नुपर्ने।
  • तालिम लिई सकेका प्रशिक्षार्थीहरुलाई उद्यमी बन्नका लागि उद्यमशिलता तालिम दिनु पर्ने ।
  • नियमित तालिमहरुमा समय सापेक्ष पाठ्यक्रम परिर्माजन गरी मेशिनरी औजार तथा तालिम सामग्री दिनु पर्ने साथै प्रशिक्षकहरुलाई सीप अभिवृद्धिको तालिम दिनुपर्ने ।
  • सबै प्रकारका तालिमहरुमा तालिम संचालन गर्दा छनौटका बेला आदिवासी महिला, अपाङ्ग, जनजाजी, दलित, द्वन्द्व पिडितलाई विशेष प्राथमिकता दिई तालिम संचालन गर्नुपर्ने ।

ध्येय

नियमित (६ महिने एवं अपग्रेडिङ तालिम)

यस केन्द्रमा नियमित तालिम (६ महिने) विद्युत जडान, प्लम्बीङ्ग, मोटरसाइकल मर्मत, कटाई सिलाई, केश श्रृगार, इलेक्ट्रोनिक्स तथा मोबाईल मर्मत, केशश्रृगार अपग्रेडिङ्ग, कटाई सिलाई अपग्रेडिङ्ग, आदि तालिमहरु थप विस्तारित रुपमा संचालन गरिने छन्। माथि उल्लेखित ईलेक्ट्रोनिक्स तथा मोबाईल मर्मत तालिमका लागि १० कक्षा उत्तिर्ण र बाँकी अरु तालिमहरुमा ८ कक्षा उत्तिर्ण भएकाहरुलाई सहभागि गराइने गरेको छ ।

युवा स्वरोजगार तालीम (आधारभू) बेसिक

युवा स्वरोजगार तालीम (आधारभू) बेसिक तालिम (३ महिने) डकर्मी, सिकर्मी, विद्युत जडान, मोवाईल मर्मत, हाते कडाई(इम्ब्रोडरी),केश श्रृगार, कटाई सिलाई, तयारी पोशाखफेसन डिजाइनिङ्ग, प्लम्बीङ्ग आदि जस्ता विषयका युवा स्वरोजगार तालीम स्थानिय तह वा स्थानिय तहको सिफारिसमा सेती अञ्चलका ५ जिल्लाहरुमा संचालन गर्न सकिने छ।

परम्परागअल्पकालिन तालिम

परम्परागअल्पकालिन तालिम (४५ दिने) कपाल काटने (वारवर), जनरल (मोटर वाइन्डीग), सिलाई मेसिन मर्मत, हाते होजियारी, डल्स तथा कुशन बनाउने आदि जस्ता विषयका परम्परागअल्पकालिन तालिम स्थानिय तह वा स्थानिय तहको सिफारिसमा सेती अञ्चलका ५ जिल्लाहरुमा संचालन गर्न सकिने छ ।

बस्तुगत सहायताः यस केन्द्रद्वारा संचालित ६ महिने नियमित तालिम प्राप्त गरेर सम्वन्धित बिषयको व्यवसाय गरि रहेका प्रशिक्षार्थीहरुबाट प्रत्येक तालिमबाट उत्कृष्ट एक जनालाई छनौट गरी बस्तुगत सहायता प्रदान गर्ने गरेको छ।